हेलिकप्‍टर मार्फत गरियो गर्भवतीको उद्धार

हेलिकप्‍टर मार्फत गरियो गर्भवतीको उद्धार

कमल प्रसाद भण्डारी, अछाम :  नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा गर्भवतीको उद्धार गरिएको छ । पंचदेवल विनायक नगरपालिका-७ की २१ वर्षीया  रमना विकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्‍याइएकि विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए ।

उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको ढुंगानाले बताए । जिल्ला अस्पताल अछाममा शल्यक्रिया सेवा उपलब्ध छैन ।

सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म अछाममा ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *