सुशान्तको निधनपछि ५ वर्षे भान्जाको प्रतिक्रियाले सवैलाई भावुक बनायो (हेर्नुहोस भिडियो)

सुशान्तको निधनपछि ५ वर्षे भान्जाको प्रतिक्रियाले सवैलाई भावुक बनायो (हेर्नुहोस भिडियो)

काठमाडौँ :  बलिउडका उदयमान अभिनेता सुशान्त सिंह राजपुतको निधनले यतिबेला सबैलाई भावुक बनाएको छ ।  ३४ बर्षको कलिलै उमेरमा भएको उनको नि’धनले धेरैलाई स्त ब्ध पारेको छ। उनको नि’धनको खबरले परिवार र प्रशंसकहरु निकै दुःखी छन्।

त्यस्तै मामाको नि’धनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले निकै भावुक प्रतिक्रिया दिएका छन्।  सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा शेयर गरेकी छिन्। जुन यतिबेला निकै भाइरल बनेको छ सामाजिक संजालहरुमा ।

आफ्ना मामा सुशान्त सिंह राजपुत यो संसारमा नरहेको खबर अमेरिकामा बस्ने उनका ५ वर्षीय भान्जा निर्वाणले सुनेपछि निकै भावुक र मनछुने प्रतिक्रिया दिएका हुन्।जब उनले आफ्ना आमाको मुखबाट मामाको नि’धनको खबर सुने तब उनले आमालाई भने, तर उहाँ तपाईको मनमा जीवित हुनुहुन्छ।

छोराको यस्तो प्रतिक्रियाले त्यो बेला आमाको मुखबाट कुनै बोलि निस्किएन्। पछि उनले सामाजिक सञ्जालमार्फत छोराको प्रतिक्रिया शेयर गर्दै सबै फ्यान तथा साथीभाइलाई दह्रो मन बनाउन आग्रह गरेकी छिन्।

सोमबार राती श्वेताले फेसबुकमा लेखेकी छिन्, ‘जब मैले निर्वाणलाई मामा अब रहनुभएन भन्ने खबर दिए, त्यसपछि उने भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ। त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुपर्छ। सबै बलियो रहनस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हाम्रो मनमा रहन्छन् र सधैँ रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आत्मालाई दुख होस् ।

अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका थिए। उनको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम सं स्कार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *