अछामको नेपाल राष्ट्रिय माध्यामिक बिधालयका विद्यार्थी पढ्दै कमाउदै

अछाम : अछामको रामारोशन गाउँपालिका -२ चाफामाँडाैस्थित
नेपाल राष्ट्रिय माध्यामिक बिधालय प्राविधिक तथा व्यवसायी शिक्षाका कृषि धार तर्फका विद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
९-१२ कार्यक्रम अन्तर्गत शिक्षा विभागले एक पालिका एक प्राविधिक कार्यक्रमका रूपमा २०७६ सालमा नेपाल राष्ट्रिय माध्यामिक बिधालयलाइ सम्बन्धन दिएको थियोे ।
सिजन अनुसार विभिन्न प्रजातिका तरकारी खेती गर्ने गरिएको छ । अहिले बारिमा विद्यार्थी हरुले काक्रा,खुर्सानी ,प्याज लगायत तरकारी खेती गरेका छन् ।
पढ्दै कमाउदै कार्यक्रम बाट बिधालयले बीउ बिजन खरिद गरिदिने गरेको बिधालयका प्रधानाध्यापक मनोज रावलले बताउनुभयो । तरकारी खेती बाट कमाएको पैसा उक्त बिधालयका कृषि धारका विद्यार्थी हरुले आफैं लिने गरेकाछन् ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आएआर्जन पनि गर्ने योजनाको साथ यो कार्यक्रम लागु गरिएको हो प्रधानाध्यापक रावलले बताउनुभयो । यस कार्यक्रमले विद्यार्थीलाई अध्ययनका साथै प्रयोगात्मक सीपहरु पनि सिकाउने र सानै उमेरदेखि सीपको ज्ञान हुने उहाँको भनाइ छ ।
सरकारले बिधालय स्तरमा संचालन गरेको पोषण कार्यक्रम लाई मध्यनजर गर्दै आउने वर्ष बाट कुखुरा पालन बाट अण्डा उत्पादन गरि बिधालयमा बिक्री गर्ने बिधालयको लक्ष्य रहेको
छ ।
समुहमा विद्यार्थी र शिक्षक हरु बिभाजन गरेर तरकारी कृषि सम्बन्धि कृयाकलापहरु गर्ने गरिएको छ । अहिले बिद्यार्थीहरुले ७ रोपनी जमिनमा तरकारी खेती गर्नुका साथै विद्यार्थी हरुका लागी प्रयोगात्मक केन्द्रका रूपमा पनि बिस्तार गरिएको छ ।