गोरखाका गजलकार प्रदीप रोदनको मार्मिक गजल
सडक मिडिया
फाल्गुन २६, २०७६ ०८:५४:२० • २०७२ पटक पढिएको
						सम्बन्ध कमजोर हुँदै जान्छ हुनुपर्ने जति बल हुँदैन
अचेल तिम्रो र मेरो पनि धेरै कुरामा छलफल हुँदैन 
ढिलो भइसेको हुनेछ थाहा पाउने छौ एकदिन
सधैँ रोजेको असल र छोडेको कमसल हुँदैन 
जिन्दगी कालो मात्रै हुन्छ हरेक सन्तानहरूको
आमाको आँखामा नबसेसम्म्म गाजल हुँदैन 
जेठा दाई चौतारीमा बसेर के के भनिरहन्छन्
मन जलेपछि चौतारीमा बसे पनि शीतल हुँदैन
सके मलाई माफ गर अब तिमी तिमी रहेनौँ
घाँटीमा कसिएपछि सल पासो हुन्छ सल हुँदैन     	






