भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बास नेपाल अछाम शाखा द्वारा प्रशासनलाई ज्ञापन-पत्र

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बास नेपाल अछाम शाखा द्वारा प्रशासनलाई ज्ञापन-पत्र

अछाम  : बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल अछाम  शाखाले ज्ञापनपत्र बुझाएको छ । बिहीबार एक कार्यक्रका बिच अछाम  शाखाले अछामका  प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लाई  ज्ञापनपत्र बुझाएको हो ।

भ्रस्टाचार न्यूनीकरण र भूटानी शरर्णाथी प्रकरणमा नेपाली नगारिकलाई नक्कली भुटानी शरर्णाथी बनाएर सर्वसाधारणबाट करोडौको रकम असुल्ने भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइएको बास अछामका पुर्व सहसचिव सुशील भण्डारीले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण सहितको प्रतिवेदन सरकारलाई पेश गर्ने अन्तिम समय भएको बेला बास नेपाल नामक गैरसरकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अछाम  मार्फत सरकारलाई दवाव दिन यस्तो ज्ञापनपत्र बुझाइएको जिल्ला शाखा अछामका अध्यक्ष महेश जैसिले जानकारी दिए ।

भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानूनी शासनलाई कमजोर बनाउँदै देशको अर्थतन्त्रलाई धरासायी बनाउने उल्लेख गर्दै जिल्लाका नागरिक अगुवाहरुले घटनामा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानून अनुसार कारबाहीको माग गरेका हुन् ।

बास नेपाल केन्द्रिय कार्यालयको परिपत्र अनुसार अछाम  शाखाले पनि ज्ञापनपत्र बुझाएको छ, बास नेपालले विहिबार नै ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै अछामका  प्रमुख जिल्ला अधिकारी ढकालले यसको बारेमा तत्कालै जानकारी सरकारका सबै निकायमा गराउने प्रतिक्रिया दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *