लालबाबुसँग बदला लिंदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित
सडक मिडिया
मङ्सिर ९, २०७९ ०७:४३:१२ • ४४५ पटक पढिएको

९ मंसिर, काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।
गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।
सिफारिस