बधाई ! करोड क्लबमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ – भिडियो

बधाई ! करोड क्लबमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ – भिडियो

चर्चित गायक प्रकाश सपुतको नयाँ गीत्र ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। दुई साता अघि मात्रै सार्वजनिक उक्त गीतको भिडिओले शनिबारसम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुल्न सफल भएको छ ।

‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक भएको १३ घण्टा भित्रै युट्युब ट्रेन्डिङ नम्बर एकमा आउन सफल भएको ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको १५ दिनमै करोड क्लवमा पुग्ने पहिलो गीत बनेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म उक्त भिडिओ युट्युबको ट्रेन्डिङको एक नम्बरमा नै छ भने १ करोड २ लाख २ हजार बढी भ्यूज पाएको छ ।
गीतका सर्जक प्रकाश सपुतले भिडिओ सार्वजनिक भएको दुई सातामै निरन्तर युट्युब ट्रेन्डिङको नम्बर १ मा रहँदै करोड क्लबमा स्थान पाउनु सुखद अनुभूति भएको बताए।

उनले लेखेका छन् :

– सार्वजनिक भएको १३ घण्टा भित्रै Trending #1 मा आउन सफल । – सार्वजनिक भएको २४ घण्टा भित्रै १० लाख भन्दा वढि भ्यूज पाउने । – सार्वजनिक भएको १५ दिनमै १ करोड पटक भन्दा वढि हेरिएको ! – निरन्तर trending #1 मै रहेर १ करोड भ्यूज पाउन सफल – एतिहासिक गित “कुरा बुझ्न पर्च “ ।
म यि लाईनहरु नोट गरेर बडो फुर्तिका साथ तपाईहरुलाई धन्यबाद सहितको खुसी व्यक्त गर्छु भनेर स्टाटस पोस्ट गर्नै लागेको थिए । एक जना मित्रले आजको नागरिक दैनिक मा दिजा जि ले लेख्नु भएको यो समीक्षात्मक लेख पठाउनु भयो । उस्तै उत्साह मा सरसर्ति पढे ।र अन्त्यमा म त्यो आफैले आफैलाई घोषणा गरेको एतिहासिक खुसी सेयर गर्न बाट खुम्चिए । कलाका दृष्टिकोणले यो गितमा केहि सुन्दर प्रयासहरु छन । केहि महिला मुद्दाहरुलाई हामीले सिरियस्ली सम्बोधन गर्न खोजेका छौ । तर रमाईलो तरिकाले फ़िल्मांकन गर्दा सतहि मात्रै लागेको पनि होला । किनकि यो ८-१० मिनेटको गित हो । सबै अटाउन सकिदैन । लेखक दिजा जि स्वयमले पनि स्विकार्नु भएको छ – “हुन त एउटा गीतमा सबै मुद्दा उठाउन वा समेट्न सकिँदैन तर उठाइएको विषय जायज हुनुपर्छ भन्ने कुरा अहम् हो !।
“ दिजा ज़िले गित सुन्दै भिडियो हेर्दै प्वाईन्ट आउट गर्नु भएका सप्पै विषयहरु गम्भिर छन । कलाका दृष्टिकोण ले केहि तर्कहरु राख्न सकिन्छ तर म आफ्नो प्रयास मा भएका सबै कमजोरीहरु स्विकार गर्छु र सच्चिने प्रयत्न पनि गर्ने छु तर कम्तिमा यहा उठेका विषयहरु गम्भिर हुन, यसमाथी सबैको ध्यानाकर्षण हुन जरुरी छ, वहस हुन जरुरी छ, सम्बोधन हुन जरुरी छ , परिवर्तन हुन जरुरी भन्ने कुरा एउटा गित र भिडियो मार्फत वा भनौ कला मार्फत भन्न सकेको र त्यो धेरै जनामा पुर्याउन सकेकोमा हाम्रो टिम दंग छौ । विषय बुझ्ने दिजा जी हरु र कला बुझ्ने तपाईहरु सबै लाई धन्यबाद ।  शुभरात्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *