भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज, कसले मार्ला बाजी ?

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज, कसले मार्ला बाजी ?

काठमाडौं : चर्चित सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज ग्राण्ड फिनाले  हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएकोछ ।

 तारा श्रीष मगर

आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ । फिनालेमा  कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण गजमेर,  टीम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

आर्यन तामाङ

टिम राजुकि तारा पहिलो पटक भ्वइसको इतिहाँसमै टप ४ मा पुग्न सफल महिला प्रतिस्पर्धी हुन् । उनले सोनाम शेर्पालाई पछि पार्दै फिनालेमा आफ्नो स्थान पक्का गरेकी हुन् । त्यस्तै टीम प्रमोदबाट रवि गहतराजलाई पछि पार्दै किरण, टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला, टीम दीपबाट  गोविन्द पुनलाई उछिन्दै आर्यानले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका हुन् ।

किरण गजमेर

आज हुने फिनालेबाट देश बिदेशमा रहेका दर्शक, श्रोताहरुले गरेको भोटको आधारमा एकजनाले द भ्वाइस अफ नेपाल सिजन – ३ को उपाधि हात पार्नेछ । यसअघि सिजन- २ को उपाधि टिम प्रमोदका राम लिम्बु र सिजन – १ को उपाधि टिम दीपका सिडीविजय अधिकारीले जितेका थिए ।

ज्वाला राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *