देउडामा नयाँ प्रयोग, यस्ताे बन्याे “बालो जोबन” (भिडियाे)
सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवज लेखिएकाे गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको गीत सार्वजनिक भएको छ । संयाेग शृङ्गार अर्थात् प्रेममा समर्पणकाे गहिराे भाव बाेकेकाे गीत “बालो जोबन” सार्वजनिक भएको छ । यस गीतका शब्दहरु सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले कोरेका हुन् । गीतमा सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले सङ्गीत भरेका छन् भने चौधरी(थारु) गीतकी नम्मर वान गायिका अन्नु चौधरी र विष्णु भट्टले यसमा स्वर दिएका छन् ।गीत OSR digital युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् । गीतको भिडियोमा पुराना तथा अनुभवी मानिएका याम गुरुङकाे निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ काे सम्पादन रहेकाे छ भने महेश महराले यसमा क्यामरा चलाएका छन् । रुसकाे राजधानी मस्काेमा आयाेजित ‘प्रिन्सेस अफ दि युनिभर्स – २०१७’ की विजेता रक्षा थापा, २०१९ कि नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ती बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।
आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएकाे गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाइ छ । नयाँ तथा प्रतिभावान कलाकारलाई अवसर दिएको र उनीहरुले निकै मिहिनेतका साथ खटेर काम गरेकाले गीत श्रोता-दर्शकले रुचाइदिने विश्वास उनकाे रहेको छ ।
अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएकाे पहिलो गीत हो । “गीत त डायरीभरि छन् तर रेकर्ड भएकाे याे मेराे पहिलाे गीत हाे; हेराैँ श्राेताहरुले कत्तिकाे रुचाउँछन् ।” साेझाे गाउँलेकाे प्रतिक्रिया थियाे । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियाे पनि आफूलाई मन परेकाे आफ्नाे गीतलाई न्याय भएकाे कुरा उनले बताए । हेर्नुस भिडियाे