काठमाडौंको मेयरमा उठ्ने चर्चित र्‍यापर बालेनको घोषणा

काठमाडौंको मेयरमा उठ्ने चर्चित र्‍यापर बालेनको घोषणा

काठमाडौँ: चर्चित र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् ।

अब युवाकाे पालाे भन्दै बालेनले आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने बताएका छन् । शाहले आफ्नो फेसबुकमा लेखेका छन्,’अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।’

स्ट्रकचरल इन्जिनियरसमेत रहेका शाह युवापुस्ताबिच निकै चर्चित छन् । अस्लिलरहित र्‍यापर भनेर चिनिने बालेनले संगीतमार्फत सामाजिक विषयवस्तु, सरकारीदेखि देशको कुरा उठाएकाे र अब शक्तिमा गएर जनताका लागि केही गर्ने साेच रहेकाे बताएका छन् ।

बालेनकाे उक्त घाेषणापछि सामाजिक सञ्जालमार्फत उनलाई जितको लागि शुभकामना दिनेहरुकाे ओइरो लागेको छ । नेपाली र्‍याप क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएर धेरैको मन जितेका बालेन राजनीतिमा भने कत्तिको सफल हुन्छन हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *