पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोता जयगढमा सुरु

पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोता जयगढमा सुरु

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सरस्वती माध्यमिक बिधालय जयगढमा सुरु भएको प्रतियोगितामा कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले खेलकुदका माध्यम बाट आपसि मेलमिलापको वातावरण सिर्जना हुनुका साथै सर्वाणिङ् बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

खेलकुदले खेलाडीको मात्रै नभई देशको विकास र पहिचानमा समेत महत्त्वपूर्ण योग्दान पुर्याएको भन्दै खेलाडी लागि गाउँपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गर्नुभएको छ ।

खेल र खेलाडीमा आउने समस्या समाधान गर्न गाउँपालीका सदैव तयार रहेको बताउदै उहाले खेलकुदको क्षेत्रका सङ्रचनाहरुको निर्माणका लागि लगानी गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम बिशिस्ट अथितीको आसनबाट बोल्दै गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउदले खेलकुद बिना गाउँपालीका र राष्ट्र समृद्ध हुन नसक्ने बताउनुभयो । बिश्वका धेरै देश खेलले चिनिएका बताउदै खेल खेल्दै आफ्नो क्षमता कुसलता पुर्वक देखाउन खेलाडी हरुमा आग्रह गर्नुभयो ।

आगामी दिनमा समेत खेलकुदका विभिन्न क्रियाकलापमा पालिकाले निरन्तरता दिने उपाध्यक्ष साउन भनाई थियो । बान्नीगढी जयगढ गाउँपालीका खेलकुद संयोजक केशर बि.कको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशिले गर्नुभएको थियो, भने कार्यक्रमको सञ्चालन नन्दा माबिका शिक्षक लोक राज रेग्मिले गर्नुभएको थियो ।

कार्यक्रममा सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, सरोकारवाला, समाजसेवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पालीका स्तरीय ६ बिधालय विध्यार्थिहरुले विभिन्न बिधामा प्रतिस्पर्धा गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *