‘द भ्वाइस अफ नेपाल’मा बाजुराका धर्मेन्द्रले जिते सबैको मन (भिडियो)

‘द भ्वाइस अफ नेपाल’मा बाजुराका धर्मेन्द्रले जिते सबैको मन (भिडियो)

काठमाडौं: चर्चित सिंगीङ्ग रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा  बाजुराका धर्मेन्द्र सुनार सफल भएका छन् । बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय सुनार शुक्रबार प्रशारण भएको  ‘द भ्वाइस अफ नेपाल’को पहिलो एपिसोडमा छनोट भएका हुन् ।

हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ को पहिलो एपिसोडमा उनको प्रस्तुति प्रसारण भएको हो । उनले पियारी बोलको देउडा सैलीको गीत गएका थिए । शुक्रवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। उनले आफ्नो प्रस्ततीबाट ४ वटै जजहरुलाई आफुतिर फर्काउन सफल भएका थिए ।

उनको प्रस्तुतिलाई धेरैले  मन पराएका छन् भने सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *