अछामको मुलिमा विभिन्न पाटी परित्याग गरि चार दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछामको मुलिमा विभिन्न पाटी परित्याग गरि चार दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछाम :नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्बर १ मुलिको दोस्रो वडा सम्मेलन भएको छ ।

वडा सभापति तेजबहादुर बिष्टको सभापतित्वमा भएको उक्त  कार्यक्रमका नेपाल कम्युनिस्ट पाटी अछाम र राप्रपा परित्याग गरि ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।

नगर कमिटी सचिवालय सदस्य लोकेन्द्र नेपालीको नेतृत्वमा चार दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश भएका हुन् ।

कम्युनिस्ट सरकारले गरेका गतिविधि बाट आजित भइ आफुहरु काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो । नव प्रवेशीहरुलाइ उहाँले काङ्ग्रेस पाटिमा  स्वागत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *