सुदूरपश्चिम: अर्थमन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम: अर्थमन्त्री बोहराले दिए राजीनामा

धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन् ।

मन्त्री बोहराले मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  बोहरा राजीनामा पत्र बुझाउन हिडेरै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयतर्फ लागेका हुन्।

नेकपा विभाजन भएसँगै बाेहाेरा ओली समूहमा लागेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत रहेका छन्  । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।

तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *