अछाममा पार्टी परित्यागकाे लहर: ढकारी ६ ढुङ्गाचाल्लामा ७ दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछाममा पार्टी परित्यागकाे लहर:  ढकारी ६ ढुङ्गाचाल्लामा ७ दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछाम : नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि ७ दर्जन बढी नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन। नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका ६ नम्बर वडा कार्यसमिति ढुङ्गाचाल्लाले आयोजना गरेको पाटी प्रवेश एवम् बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त वडाको एक जम्बो टिम काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

पुर्व माओवादीका जिल्ला सदस्य तथा जनमुक्ति सेनाका पलाटुन कमान्डर शेरबहादुर थापा,नेपाल कम्युनिस्ट पाटी पुर्व महिला मोर्चा जिल्ला उपाध्यक्ष ललिता थापा,जनमुक्ति सेनाका पुर्व सेक्सन कमान्डर उपेन्द्र थापा लगायत करिब सात दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।काङ्ग्रेस पाटी सभापति लगायत नेताहरुले नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए । कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले स्थानिय स्तरमा निर्माण हुने उपभोक्ता समितिदेखि सिंहदरबार सम्म भ्रष्टाचारको जालोमा लिप्त कम्युनिस्ट सरकारले मुलुकको समृद्धि बन्ने शब्द भजाएर ब्रम्हलुट मच्चाइ रहेकोले आफुहरु बिरक्तिएर काङ्ग्रेसमा प्रवेश गरेको बताए ।

त्यस्तै आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटीले जनताको नेतृत्व गर्न नसकेकाले अब देखि आफुहरुको नेपाली काङ्ग्रेस पाटी माथी ठुलो विस्वास रहेको बताए ।

वडा सभापति लोकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिको आसन बाट बोल्दै नेपालि काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नयाँ पुरानो नभनी भेदभाब नगरिने उनले बताए । नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संग सहकार्य गरेर अघी बड्ने बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै पुर्व पाटी सभापति पुष्प बहादुर शाहले वर्तमान दुइ तिहाइको सरकार भ्रस्टाचार तर्फ उन्न्मुख भएको बताए । कोरोना भाइरस कोभिड १९ले बिश्व नै आक्रान्त बनेको अवस्थामा नेपालमा पनि जोखिम उच्च रहेको परिस्थितिमा पनि सरकार जनता बचाउन छोडेर भ्रष्टाचारको पछी लागेको बताए । विशिष्ट अतिथिको आसनबाट बोल्दै महासमिति सदस्य बलबहादुर कुवरले मुलुकमा नेकपाको दुईतिहाई बहुमतको सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,सुरत बहादुर बिष्ट ,जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल ,ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढा ,तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा,नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य लालबहादुर भण्डारी,द्ववारिका प्रसाद उपाध्याय , नेपाल तरुण दल जिल्ला अध्यक्ष प्रकाश् साउद ,नेपाल शिक्षक संघ प्रदेश सदस्य रुपानन्द उपाध्याय ,नेपाली काङ्ग्रेस कोरोना अनुगमन विभागले अछाम जिल्ला संयोजक नवराज चलाउने, वडा नम्बर १ का अध्यक्ष भवानी प्रसाद उपाध्याय ,वडा नम्बर ६ का अध्यक्ष नरबहादुर बुढा ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेबिसंघ अछामका सहसचिव बलराम बिष्ट , लगायतले मन्तव्य राख्नु भएको थियोे । रुपेन्द्र कुमार थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन हरिश थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *