मेल्लेख गाउँपालिकामा अध्यक्ष संग बा, – आमा कार्यक्रम सम्पन्न

अछाम : अछामको मेल्लेख गाउपालिकाले सञ्चारलन गरेको अध्यक्ष संग बा आमा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको समन्वयमा गाउँपालिकाका ८ वटै वडामा जेष्ठ नागरिक लाई आयुर्वेद रसायन औषधि उपचार गरिएको थियोे ।
जस अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ मा १२३ जना
वडा नम्बर २ मा १९७ जना,वडा नम्बर ३ मा ९७ जना,वडा नम्बर ४ मा १६९ जना,वडा नम्बर ५ मा ३७५ जना,वडा नम्बर ६ मा १९६ जना,वडा नम्बर ७ मा १८४ र वडा नम्बर १७८ जना गरि जम्मा १५१९ जना जेष्ठ नागरिक लाई आयुर्वेद रसायन औषधि उपचार गरिएको जिल्ला आगुवेर्द स्वास्थ्य केन्द्र अछामका योग प्रशिक्षक रुपेन्द्र बुढाले जानकारी दिए। आगामी दिनमा पनि उक्त कार्यक्रम लाई संचालन गरिने गाउँपालिकाले जनाएको छ ।