जिल्ला सुचना संयोजकमा नेता शाह मनोनीत

अछाम : नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य पृथ्वी बहादुर शाह अछाम जिल्लाका लागी जिल्ला सुचना संयोजकमा मनोनीत भएका छन् ।
नेपाली काङ्ग्रेसका नेता मिनबहादुर बिश्वकर्मा प्रमुख रहेको केन्द्रीय सूचना,सञ्चार तथा प्रचार विभाग अन्तर्गत बिश्वकर्माले बान्निगढि जयगढ गाउँपालिका ६ दर्ना निवासी नेता शाहलाई जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।
नेपाली काङ्ग्रेस संग सम्बन्धित समसामयिक गतिविधि एवं विविध विषयमा हुने जिल्ला स्तरीय कार्यक्रम सम्बन्धि सूचना छिटोछरितो एवं विश्वसनीय ढंगले उक्त विभागलाई उपलब्ध गराउनुपर्ने छ ।