सवारी दुर्घटना र अपराधीक गतिविधि न्यूनीकरण गर्न ठाँटीखादमा प्रहरी बिट स्थापना

सवारी दुर्घटना र अपराधीक गतिविधि न्यूनीकरण गर्न ठाँटीखादमा प्रहरी बिट स्थापना

अछाम : जिल्लाको पहाडी सडक खण्डमा सवारी दुर्घटना र अपराधीक गतिविधि लाई न्यूनीकरण गर्नका लागि मंगलसेन नगरपालिका वडा नम्बर १२ र कमलबजार नगरपालिका वडा नम्बर ६ को सिमाना ठाटीखाद बजारमा एक कार्यक्रमका बीच प्रहरी बिट स्थापना गरिएको छ ।

स्थापना गरिएको प्रहरी बिटको उद्घाटन गर्दै मंगलसेन नगरपालिका नगर उपप्रमुख संगिता रावल सोडारिले बिट स्थापना महत्त्वपूर्ण काम भएको भन्दै बिट स्थापना भए पछि यस ठाउका नागरिक हरुलाइ शान्ति सुरक्षाको अनुभुती हुने बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बिट स्थापना भएसंगै यस क्षेत्रमा  आपराधिक घटनाहरूमा कमी आउने र यात्रुहरूले शान्ति सुरक्षाको महसुस गर्ने बताए त्यस्तै उहाँले प्रहरी बिटले यात्रुहरूले बिभिन्न गुनासोहरू समाधान हुने र झै झगडामा समेत कमी आउने बताए।

गृह प्रशासनको उच्च प्राथमिकतामा रहेको काम नागरिकको शान्ति सुरक्षा अमनचयन गराउने भएको बताए ।  नागरिकको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी बिट स्थापना गरेको र आगामीका दिनहरुका काम पनि अछामका नागरिक हरुलाइ सहज  सेवा प्रवाहमा व्यतीत हुने धारणा राखे । साथै उहाँले स्थानीय तह र प्रशासन बीचको सम्बन्ध बलियो भए मात्रै नागरिक लाई सेवा प्रवाहमा सहजता हुने बताए ।

अछामका  प्रहरी प्रमुख प्रहरी नायब  उपरिक्षक सन्तोष पाठकले प्रहरी बिट स्थापनाले यहाँको शान्ति सुरक्षा र अमनचयन ल्याउने बताए  । नागरिकको सुरक्षाका लागि २४ सै घण्टा प्रहरी तैनाथ रहेको समेत बताए । अपराध अनुसन्धानमा स्थानीयले प्रहरी लाई सुचना दिएर सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा गोरख बक्स गण अछामका गणपति जनक सिलवाल ,राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत डिलबहादुर चौधरी ,नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी ,मंगलसेन नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष खकेन्द्र रावल ,वडा नम्बर १४ का अध्यक्ष शिव बहादुर सोडारी ,कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष लालबहादुर शाह लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply