हिजो र आजको गाउँ नियाल्दा

हिजो र आजको गाउँ नियाल्दा

अवसरको खोजी, उच्च शिक्षाको व्यग्र चाहना, बढ्दो बेरोजगारी, गरिबीको कारण ग्रामीण भेगका गाउँहरु रित्तिदै गएकाछन । गाउँ गाउँमा सिंहदरबार आएपनी जनताका अभाव ,पिडा ,बाध्यताले गाउँ छोड्दै गएपछि अछामका गाउँ बस्ती हरु उजाड लाग्न थालेका छन् । हिजो र आज लाई नियाल्दा धेरै फरक पाइन्छ। हिजो र आज लाई नियाल्दै युवा समाजसेवी एवं  नेपाली काङ्ग्रेसका अछाम क्षेत्र नम्बर १ क्षेत्रीय सचिव  पुर्ण बहादुर बिक सामाजिक संजालमा लेख्नुहुन्छ .

      गाउँ नियाल्दा ।

हिजो /आज बसाइँसराइ ले गाउँ खाली हुने संकेत
हिजो : गाउका खेत मा सिचाइ थिएन/खेत वाजा थिएन ।
आज : अधिकाङस खेतमा सिचाइकुला छ्न।खेत बाझा छ्न उजाड छन ।
हिजो : गाउ मा पशु डाक्टर थिएन पशु औसधि थिएन। पशुचौपाया थिए/गाइभैसी थिए।
आज : प्रत्येक गाउँ मा पशुकर्मी छ्न/औसधि छ पशु छैन चौपाया छैन
हिजो : गाउँ मा ओख्थोमुलो थिएन उपस्वास्थ्य चौकी थिएन मानिस ले सामान्य प्राथमिक उपचार गर्न पाएनन।
आज :प्रत्येक गाउँ मा स्वास्थ्य चौकी छन ९८ किसिम को औसधि निशुल्क छ उपचार गराउने गाउँ मा मान्छे छैन।
हिजो : प्रसव बेथा सहन नसकी हाम्रा आमा अन्टिहरुले मृत्युवरण गर्नु पर्यो ।
आज :प्रत्येक गाउमा नर्स सहित प्रसुती गृह छ्न प्रसुती हुने आमा छैनन।
हिजो :हाम्रा बुवा/अंकल/दाइ हरुले पढ्ने इच्छा राखे स्कुल पाएन।
आज : प्रत्येक गाउमा +2 छ्न पढ्ने इच्छा छैन बिद्यार्थी छैन।
हिजो : हाम्रा पुस्ताले गाडी सम्म देख्न पाएनन सवार गर्ने यात्रु थिए।
आज : प्रत्येक ठाउँ सडक सन्जाल छ गाडी छ यात्रा गर्ने यात्रु छैन।
हिजो :गाउँ का मान्छे ले पिउने पानी पाएन पिउने मानिस थिए।
आज : सके घर घर नभए प्रत्येक टोल मा पानी को धारा छ पानी पिउने मानिस छैन।
हिजो : हाम्री आमाले घट्ट खाली पाएन जुतारा खालिपाएन अभाव थियो।
आज :गाउँ मा कुटाउने/पिसाउने मिल छ्न कुट्ने कुटाउने मान्छे छैन।
हिजो :बिना अनुदान मा धेरै बस्तुभाव हरु पाल्थे गाउमा
आज :कृषि/पशु मा यत्नु अनुदान छ राज्य को एकभैसी छैन/गाइ छैन।
हिजो :परिवार लाई बस्ने सम्म नभ्याउने साना घर थिए परिवार थिए।
आज : रंगि चङ्गी ठुला/ठुला घर छन घर खाली छ्न परिवार छैन।
हिजो: खेल मैदान पाएनन खेल समाग्री पाएनन खेलाडी थिए ।
आज : खेलमैदान छ्न/सामाग्री छ्न गाउँ मा खेलाडी छैनन।
यस्ता यस्तै थुप्रै समस्या र चुनौती आज गाउँ मा देखिएका छ्न तत्काल राज्य ले यतै अवसर प्रदान गरेर यो बसाईसराइ नरोक्ने हो भने/ नागरिक को सोच र चिन्तन मा परिवर्तन नआउने हो भने गाउँ रित्तिन्छ उजाड बन्छ बसाइँसराइ गाउँ को प्रमुख चुनौती र समस्या भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *