बहुमतको भावना विपरित गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय भयोः कांग्रेस नेता शाही

बहुमतको भावना विपरित गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय भयोः कांग्रेस नेता शाही

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य भुपेन्द्रजङ शाहीले महासमिति बैठक आम नागरिकको जल्दाबल्दा मुद्दामा स्पष्ट सन्देश दिनबाट चुकेको टिप्पणी गरेका छन् । धेरैपछि आयोजना भएको महासमितिको बैठक शान्तिपूर्बक सम्पन्न गर्नु नै बैठकको उपलब्धि देखिएको उनले बताए ।

महासमिति सदस्यहरुको भावना विपरित वर्तमान गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय भएको उनको भनाइ छ । उनले महासमिति बैठकमा बहुमतको उपहास भएको बताए । गठबन्धन गर्नुहुन्न भन्ने जति बहस छलफल भएपनि अन्तिममा सबै पदाधिकारीले पनि यही गठबन्धनको वकालत गर्नु दुःखद विषय रहेको उनको भनाइ छ ।

यो बैठकले जनताले भोगिरहेका समस्या, पार्टीको आमूल रुपान्तरणको खाका, एकताको सन्देश र आम रुपमा नयाँ उर्जा उत्साह दिन नसकेको उनको भनाइ छ ।

Leave a Reply