मन्त्री देउवाद्वारा  गैरिटाँड-कमलबजार-बासकाँडा सडक खण्डको शिलान्यास

मन्त्री देउवाद्वारा  गैरिटाँड-कमलबजार-बासकाँडा सडक खण्डको शिलान्यास

सुशील भण्डारी,अछाम १४ पौष : सुदुर पश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले कैलाली-चिसापानी-जंगलघाट-बडिमालिका-   गैरिटाड -कमलबजार-बास्काडा सडक खण्ड
अन्तर्गत (गैरिटाँड-कमलबजार बासकाँडा खण्डको २३ कि मि ) सडक कालोपत्रे आयोजनाको शिलान्यास गरेकाछन।

डडेल्धुरा, डोटी,अछाम र बाजुरा जिल्लामा सुदुरपश्चिम प्रदेश सरकारबाट संचालित विकास निर्माणका आयोजनाहरुको स्थलगत अनुगमन,निरक्षण र शिलान्यास गर्ने कार्यक्रम अनुसार शनिबार अछाम पुगेका मन्त्री देउवाले
सुदुरपश्चिम प्रदेश सरकारको गौरबको आयोजना भित्र पर्ने उक्त सडकको शिलान्यास गर्दै यो आयोजना अछाम बासिको संगै सुदुरपश्चिम प्रदेशको समृद्धि र यश क्षेत्रको विकास संग जोडिएको बताए ।

मन्त्री देउवाले हरेक योजना अनुगमनका क्रममा सम्झौता अवधिभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी र रेखदेख गर्ने सम्बन्धित कार्यालयलाई निर्देशन दिएको बताए ।

आयोजनाको समयमै निर्माण कार्य सम्पन्न्न हुनेमा बिश्वस्त रहेको बताए ।

अब हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई कार्वाही गरिने समेत चेतावनी दिए ।

प्रदेशले सञ्चालन गरिरहेका योजनाको अवस्था के छ, ती योजनाको प्रगतिका लागि के गर्नुपर्छ र आगामी बजेटमा कस्ता योजना समावेश गर्नुपर्छ भन्ने उद्देश्यले अनुगमन गरिएको मन्त्री देउवाले बताए।

(गैरिटाँड-कमलबजार बासकाँडा खण्डको  २३ किलोमिटर ) सडक कालोपत्रेको काम
पिके निर्माण सेवाले गरिरहेका छ । उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार रहेको छ ।

कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावल ,मेघराज खड्का लगायत जनप्रतिनिधि हरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply