टिम नेपो : कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदिप गिरिलाई

टिम नेपो : कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदिप गिरिलाई

प्रदिप गिरिलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं। टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले प्रेस विज्ञप्ती जारीगर्दै संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वर्तमान उपाध्यक्ष प्रदिप गिरिलाई दिएका छन्। विशेष कारणले केहि समयका लागि व्यस्ततामै रहने भएका कारणले पौडेलले गिरिलाई संस्थाको नेतृत्व सुम्पिएका हुन्।

नव नियुक्त कार्यवाहक अध्यक्ष गिरी सन २०१९ देखि संस्थाको केन्द्रीय कार्यसमिति उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। गिरी टिम नेपोको गत असारमा सम्पन्न साधारण सभाबाट दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका थिए। नब नियुक्त कार्यवाहक अध्यक्ष गिरीले संस्थाको बिधान अनुसार प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न आफ्नो मुख्य भुमिका रहने बताएका छ्न।

टिम नेपो बिगत लामो समयदेखि युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र बाताबरण सुरक्षालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। हाल संस्थाले देशव्यापीरुपमा थुप्रै अभियानहरु संचालन गर्दै आएको छ। कारागारहरुमा पुस्तकालय स्थापना गर्ने अभियान ‘पुस्तक परियोजना’, दशलाख रुखरोप्ने लक्ष्यसहित सुरुगरिएको अभियान ‘मरो रुख’, वृद्धाश्रमहरुमा नि:शुल्क स्वास्थ्य शिविर, तथा ‘एक्सन लिडरशिप प्रोग्राम’, उक्त सस्थाका केहि चर्चित कार्यक्रमहरु हुन्।

Leave a Reply