विधार्थी नेता भट्टकाे पहलमा १० जना अभिभावक विहिन विधार्थीलाई पुर्ण छात्रवृत्ति दिइने ।

विधार्थी नेता भट्टकाे पहलमा १० जना अभिभावक विहिन विधार्थीलाई पुर्ण छात्रवृत्ति दिइने ।

अछाम : नेपाल विधार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले पहलमा लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहनुभएका नेपाली काँग्रेस मधेशप्रदेश कार्यसमिति सदस्य युवा नेता रविनचन्द्र काेइरालाले जाजरकाेट र रुकुम पश्चिममा भुकम्पवाट अभिभावक गुमाएका १०जना विधार्थीलाई +२मा पुर्व छात्रवृत्ति दिने जिम्मेवारि लिनुभएकाे छ ।
काेइरालाले अभिभाव गुमाएका विधार्थीलाई सहयाेग पुगाेस भन्ने हेतुले +२ मा १०जनालाई पुर्ण छात्रवृत्ति दिएर पढाउने जिम्मा लिएकाे बताए ।
लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहनुभएका नेपाली काँग्रेस मधेशप्रदेश कार्यसमिति सदस्य रविनचन्द्र काेइरालालले भुकम्पका कारण मानव जिन कष्टकर वनेकाे र २ हजार भन्दा वढि विधालयमा क्षति पुग्दा विधार्थीकाे पठनपाठन अवरुद्ध भएकाे घटना प्रति दुख व््यत गर्दै भुकम्पकाे क्षतिवाट अामावुवा, अभिभावक गुमाएका विधार्थीकाे भविष्यलाई मध्यनजर गर्दै सेवा भावले जाजरकाेटका ५जना र पश्चिम रुकुमका ५जना गरि अभिभावक विहिन हुनुभएका १०जना विधार्थीलाई +2 science and management संकाषमा पुर्ण छात्रवृत्तिकाे व्यवस्था गरि पढाउने जिम्मेवारी लिएकाे विज्ञप्ति मार्फत जानकारि दिएका छन् ।
उक्त कार्यकाे सम्पुर्ण समन्वय र व्यवस्थापनकाे जिम्मेवारी ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टलाई सुम्पिएकाे समेत नेता रविनचन्द्र काेइरालाले विज्ञप्तिका भनेका छन् ।

Leave a Reply