चाडपर्व लक्षित शान्ति सुरक्षा लगायत समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न

चाडपर्व लक्षित शान्ति सुरक्षा लगायत समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न

अछाम : चाडपर्व लक्षित शान्ति सुरक्षा, बजार अनुगमन लगायत समसामयिक बिषयको अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले चाडपर्वको बेलामा लाग्ने रात्रीकालिन मेला हरुलाइ हटाउनु पर्ने बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँ हरुमा लाग्ने रातिका मेला हरुमा झै झगडा हुने र त्यसले ठुलो खालको दुर्घटना निम्त्याउने भएकोले यस्ता कार्यलाइ निरुत्साहित गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले चाडपर्वको समयमा महंगि कालोबजारी बढ्ने भएकोले यसबाट सजग र सचेत रहन उपभोक्ता हरुलाइ अनुरोध समेत गर्नुभयो । एक फरक प्रसङ्गमा बोल्दै उहाँले छाउपडी,बालबिवाह लगायतका कु-प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोलेर मात्रै नहुने भएकोले सुन्दर समाज निर्माणणका लागी ब्यवहारमा समेत लागु गर्नुपर्ने बताउनुभयो ।

अछाम जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिएको बताउनुभयो । उहाँले जिल्लाका दश वटै स्थानीय तहमा आफुहरु निरन्तर समन्वयमा रहेको र चाडपर्ब, अन्य बिशेष परिस्थीति र बजार अनुगमन जस्ता बिषयहरुको निगरानीमा कुनै कमी हुन नदिएको बताउनुभयो । कर्मचारी अभावमा समेत अहिले जिल्ला प्रशासनले सेवा प्रवाहमा ठुलो प्रगति गरिरहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पोखरलले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायतका सेवाहरु छिटोछरितो ढंगले भइरहेकाले कुनैपनि सेवाग्राहीले लामो समय कुर्न नपर्ने बताउनुभयो । उहाँले बिगतमा दिनमा ३०/३५ जनाले सेवा लिने गरेकोमा अहिले एकै दिनमा ५ सय जनाले सेवा लिइरहेको बताउनुभयो । उहाँले सहभागिहरुले उठाएका शान्ति सुरक्षा, नागरिकता लगायतका बिषयमा जवाफ दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी भ्रम फैलाइएको बताउनुभयो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलोमतोमा चोर बाटो बाट रकम बाडिएको भनेर आफुहरुको मर्यादा हनन गर्नुका साथै बदनाम गरिएको बताउनुभयो । गाउँ सभामा ब्यापक छलफल गरेर नियम अनुसार बजेट कार्यान्वयन भइरहेका बेला गैर जिम्मेवार ढंगले प्रचार गरिएको भन्दै अध्यक्ष साउँले यस्तो नगरिदिन आग्रह पनि गर्नुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकाको नेतृत्व सम्हाले देखि कुनैपनि ठाउँमा आफुहरु फेल नभएको दाबी गर्दै अध्यक्ष साउँदले ऐतिहासिक रुपमा बिभिन्न कामहरु सुरु गरेको उल्लेख गर्नुभयो । उहाँले त्यसको नमूनाका रुपमा खेलकुद सप्ताह लाई प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रमका सहभागिहरुबाट उठेका प्रश्नको जिज्ञासाको जवाफ दिदै अध्यक्ष साउँदले गाउँपालिकाको शान्ति सुरक्षा, बजार अनुगमन र सेवा प्रवाहका बारेमा आफुहरु सधैं सक्रिय रहेको दाबी गर्नुभयो । मदिरा ब्यवस्थापन, जुवातास नियन्त्रण र गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगायत उठेका प्रश्नहरुको पनि उहाँले जवाफ दिनु भएको थियो ।

प्रहरी र नागरिकको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम गराउने प्रहरीले मात्रै नभएकोले यसमा सबै सचेत नागरिकहरुको सहयोगको खाचो रहेको बताउनुभयो ।

कार्यक्रममा शसस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति , प्रहरी नायब उपरीक्षक धनसिंह धामी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना , बान्नीगढी जयगढ गाउँपालिकाका सम्पुर्ण वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनीधिहरु, पत्रकारहरु र अन्य सरोकारवालाहरुको पनि उपस्थीति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *