लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिनायकमा सम्पन्न

लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिनायकमा सम्पन्न

अछाम : जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत लागू औसध नियन्त्रण तथा रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिनायकमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले घरेलु मदिराले समाजमा हिंसात्मक गतिविधि हरु बढ्दै गएकोले यसको निराकरण गर्नुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पन्चदेवल बिनयक नगरपालिक प्रमुख अम्बिका चलाउनेले युवा पुस्ता लागु औषध दुर्व्यशनीमा  फसेका र त्यो जालो बाट युवाहरूलाई उम्काउन निकै सकस परेकोले समयमै सबैले आआफ्न ठाँउ बाट नियन्त्रण गर्न लाग्न जरुरी रहेको  बताउनुभयो  । लागु औषध तथा हिंसात्मक गतिविधि न्यूनीकरण गर्नका लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै सुन्दर स्वच्छ नगरपालिका निर्माणमा सबैको साथ अपरिहार्य रहेकोे समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जिल्लामा लागु औषध सेवनले सेवनगर्ने ब्याक्ती संगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । त्यस्तै उहाँले छाउपडी,बालबिवाह लगायतका कु-प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोलेर मात्रै नहुने भएकोले सुन्दर समाज निर्माणणका लागी ब्यवहारमा समेत लागु गर्नुपर्ने बताउनुभयो । सबैभन्दा बढी लागु औषधको कारोबार औसधि पसल हरुमा  हुने गरेको जनगुनासो अनुसार जिल्लाका विभिन्न औसधि पसलहरुमा अनुगम समेत गरिएको उहाँको भनाइ छ ।

प्रहरी र नागरिकको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताउनुभयो  । कुनै पनि घटना हुनुपुर्ब र भैहाले पछि पनि प्रहरीलाई तत्काल खबर गर्न सके त्यसबाट हुने जोखिम तथा क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।  नागरिकको सुरक्षामा आफुहरु प्रतिबद्ध रहेको भन्दै समयमै सुचना दिएर सघाउन आग्रह गर्नुभयो  । साथै उहाँले लागु औसधको कारोबार रोक्नका लागी अछामका विभिन्न नाका हरुमा कडाइ गरिएको बताउनुभयो ।

बिद्यालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रका ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे ,पन्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख हर्क बहादुर रावल लगायत सरोकारवाला हरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *