मंगलसेन बहुप्राविधिक शिक्षालयद्वारा संचालनहुने फार्मेसी कार्यक्रममा स्थानीयतहले सहयोगगर्ने प्रतिबद्धता

मंगलसेन बहुप्राविधिक शिक्षालयद्वारा संचालनहुने फार्मेसी कार्यक्रममा स्थानीयतहले सहयोगगर्ने प्रतिबद्धता

अछाम : मंगलसेन बहुप्राविधिक शिक्षालय अछामको बैठक सम्पन्न भएको छ।

मंगलसेन बहुप्राविधिक शिक्षालय संचालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको बैठकमा मंगलसेन बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तह फार्मेसी कार्यक्रम संचालनका लागि स्थानीयको माग आवश्यकता तथा पहलकदमीको प्रतिफल स्वरुप प्रमाणपत्र तह फार्मेसी कार्यक्रम संचालन गर्न मिति २०८० असोज १९ गते प्राविधिक शिक्षालय तथा व्यवसायीक तालिम परिषद द्वारा ४० सिट  भर्नाका लागी अनुमति प्राप्त भएको र उक्त कार्यक्रम संचालन तथा व्यवस्थापनका लागी अछामका १० वटै स्थानीय तहहरुको साझेदारीमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकाछन । शिक्षालयले हाल HA कार्यक्रम संचालन गरिरहेको छ ।

बैठकमा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह ,पुर्व सांसद यज्ञ बोगटी ,मंगलसेन नगरपालिका नगर प्रमुख पदम बोहरा,बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद ,तुर्माखाद गाउँपालिका उपाध्यक्ष बिमला शाही ,अछाम क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट ,मंगलसेन बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख तिर्थ आचार्य लगायतको उपस्थित रहेको बैठकको संचालन शिक्षालयका लक्ष्मण घर्तीले गर्नुभएको थियो ।

 

 

Leave a Reply