नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समिति द्वारा बिजया दशमीको शुभकामना आदानप्रदान

नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समिति द्वारा बिजया दशमीको शुभकामना आदानप्रदान

नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समितिको आयोजनामा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सम्पर्क समितीका सभापति  जनक बहादुर धामी सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा रहनुभएको थियोे ।

प्रमुख अतिथिको आसन बाट बोल्दै देउवाले माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छन्।

अमूल्य जीवन अरुको बारेमा नकरात्मक सोचेर खेर नफाल्न भनेकी हुन्। उनले शक्ति रुपा माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा विशिष्ट  अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संचार राज्यमन्त्री गोविन्दबहादुर शाह, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा ,नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कांग्रेस अछामका पूर्व पार्टी सभापति भरतकुमार स्वार, प्राज्ञ यज्ञराज उपाध्याय,जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,महासमिति सदस्य नृप साउद,रामबहादुर शाही टिकाराम खनाल ,मानबहादुर शाही  शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमका सभापति एवं अछाम-काठमाडौं सम्पर्क समितिका सभापति जनकबहादुर धामीले समितिले विभिन्न कामले अछामबाट काठमाडौं आउनेहरुलाई सक्दो सहयोग गर्ने बताए। साथै काठमाडौमा समस्यामा परेका अछामी हरुले सम्पर्क गर्न हुन् अनुरोध समेत गरे।

समितिका सचिव भीमबहादुर कुँवरले संचालन गरेको कार्यक्रमको स्वागत उपसभापति दुर्गाप्रसाद तिमिल्सिनाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *