इजरायलबाट २५० जना नेपाली विमान चढे

इजरायलबाट २५० जना नेपाली विमान चढे

काठमाडौँ । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।

उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।

इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *