स्वास्थ्य सूचकांकमा जिल्लाकै उत्कृष्ट बन्याे, पञ्चदेवल विनायक नगरपालिका

स्वास्थ्य सूचकांकमा जिल्लाकै उत्कृष्ट बन्याे, पञ्चदेवल विनायक नगरपालिका

अछाम । पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य सुचकांकका आधारमा अछाम जिल्लाकै उत्कृष्ट घोषित भएकाे छ ।

आर्थिक बर्ष २०७९/०८० काे कार्य सम्पादन तथा व्यवस्थापनमा सबै भन्दा उत्कृष्ट काम गरी उच्चतम अंक ल्याउन सफल भएको भन्दै स्वास्थ्य निर्देशनालय दिपायल डाेटीले पञ्चदेवल विनायक नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो ।

दशवटा स्थानिय तह रहेकाे अछाम जिल्लामा न्युनतम सेवा मापदण्डको मूल्यांकनका आधारमा उत्कृष्ट पालिका घाेषणा भएकाे मा आफुहरु एकदमै खुसी भएकाे नगर प्रमुख अम्बिका चलाउनेले बताईन् । उनले स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन सहयाेग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेकी छन् ।

पालिकाका लगनशील स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निरन्तर सेवा, अनुगमन, सुझाव तथा अगुवाइबाट उत्कृष्ट हुन सफल भएको स्वास्थ्य शाखा प्रमुख जनक बुढले बताए । आगामी दिनमा पञ्चदेवल विनायक नगरपालिकालाई उत्कृष्ट बनाउन थप उत्साह र हाैसला थपिएकाेले अझै स्वास्थ्य क्षेत्रलाई थप सुदृढ र सफल बनाउन लागि पर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *