ढकारी गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित

ढकारी गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित

बिचाराधिन संघीय निजामती सेवा ऐन बिरुद्ध ढकारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिरोेध जनाएका छन् ।

स्थानीय तह कर्मचारी हक हित संघर्ष केन्द्रिय समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउदै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका हुन् ।

बिचाराधिन रहेको संघीय निजामति सेवा ऐनको सट्टा एकिृत निजामति सेवा ऐन जारि गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहनुपर्ने व्वस्था गर्नुपर्ने, निजामति परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने,समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग सहित स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।

आफ्ना मागहरु सम्वोधन नभए क्रमशः आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाँउदै लैजाने र यहि असोज १९ गतेदेखी अनिश्चितकालिन रुपमा पेन डाउन गने,कार्यालयको नियमित कामकाजमा सरिक नहुने,केन्द्रिय समितिको निर्णय अनुसारका आन्दोलनका कार्यलाई सफल पार्न लागी पर्ने लगायतका कार्यक्रम रहेको ढकारी गाउँपालिका प्रशासन शाखा प्रमुख  नवीन रिमालले जानकारी दिए ।

Leave a Reply