चाडपर्वलाई लक्षित गर्दै जिल्ला स्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

चाडपर्वलाई लक्षित गर्दै जिल्ला स्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अछाम : जिल्ला सुरक्षा समिती अछामको आयोजनामा चाडपर्वलाई लक्षित गरेर यातायात ,आपूर्ति व्यवस्थापन बजार अनुगमन लगायतका विषयमा जिल्ला स्थित सरोकारवाला हरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मानवजन्य क्रियाकलापबाट सडक तथा राजमार्ग क्षेत्रमा सृजित विभिन्न प्रकारका अवरोधहरुबाट आम नागरिकहरुलाइ सुरक्षित तवरबाट आवागमन गर्न जोखिम पैदा हुने हुँदा सोको लागी विषयगत निकाय,स्थानीय तह,सरकारी तथा गैरसरकारी ,तथा परोपकारी संघ संस्था ,राजनीतिक दल,नागरिक समाज संगको समन्वय ,सहकार्य तथा सहजीकरण एवं सुरक्षा निकाय हरुलाइ परिचालन गर्ने, बाढी पहिरोका कारण
सडक बाटोघाटो बिग्रेको कारणले यातायात आवागमनमा समस्या सिर्जना हुन सक्ने भएकोले उक्त कारण बाट उत्पन्न समस्या र जटिलता हरु समयमै समाधान गर्न जिल्ला स्थित सुरक्षा निकाय ,सडक डिभिजन कार्यालय ,डिभिजन वन कार्यालय,पुर्वाधार विकास कार्यालय ,मध्यपहाडी लोकमार्ग सम्पर्क कार्यालय दैलेख ,लगायत सम्पुर्ण स्थानीय तहहरुले राजमार्ग ,स्थानीय बाटो सुचारु राख्नुपर्ने,

मंगलसेन नगरपालिका लगायत विभिन्न बजारमा जथाभावी मदिराका खाली बोतलहरु ब्यवस्थापनका लागि स्थानीय तहहरुले योजना बनाइ प्रभावकारी रूपमा ब्यवस्थापन गर्नुपर्ने ,मंगलसेन बजार लगायत जिल्लाका सबै बजारमा सडक पेटिमा सवारीसाधन  पार्किङ  गर्ने कार्यलाइ तत्काल व्यवस्थित गरि  बसपार्क तथा खुल्ला ठाउमा पार्किङ गर्ने व्यवस्था मिलाउने ,

जिल्लाका विभिन्न ठाउमामा असुरक्षित तरिकाले बोतलमा पेट्रोलियम पदार्थ बिक्री बितरण भइरहेकोले सो कार्यको स्थानीय तह ,सुरक्षा निकायको सहकार्यमा निरुत्साहित गर्ने, चाडपर्व नजिकिए संगै बजारमा अत्यावश्यक उपभोग्य बस्तु हरुको आपूर्ति र बिक्रीबितरण  लाई सहज बनाइ राख्न सरोकारवाला संग समन्वय गरि आवश्यक व्यवस्था मिलाउने साथै कृतिम अभाव ,कालोबजारी , अस्वाभाविक मुल्यवृद्धि जस्ता कार्य हुन् नदिन नियामक निकाय र स्थानीय तहहरु संगको समन्वयमा प्रभावकारी रूपमा  बजार अनुगमन गर्ने ,सबै उद्धमी ब्यापारी हरुलाइ अनिवार्य उपभोक्ता मुल्यसुची राख्न लगाउने , विभिन्न बहाना देखाइ लामो तथा छोटो दुरिको भाडाका सवारीसाधनले यात्रुहरु संग बढी पैसा असुल गर्ने,दुर्ववहार गर्ने,छतमा र ढोकामा झुण्ड्याएर तथा  क्षमता भन्दा बढी यात्रु राख्न सक्ने भएकोले सुरक्षित यात्रालाई दृष्टिगत राखी राजमार्ग /सहायक राजमार्गहरुमा नेपाल प्रहरी र ट्राफिक प्रहरी मार्फत चेकजाँचको भरपर्दो ब्यवस्था मिलाउने निर्णय गरिएको हो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारवाला हरुले सो निर्णयमएक्यवद्धता जनाउदै उक्त निर्णयलाई कार्यान्वयन गर्न आआफ्नो ठाउँबाट सक्रिय रूपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *