लोकतन्त्र बिना मानव अधिकारको प्रत्याभूति हुन् सक्दैन : प्रतिनिधिसभा सदस्य शाह

लोकतन्त्र बिना मानव अधिकारको प्रत्याभूति हुन् सक्दैन : प्रतिनिधिसभा सदस्य शाह

टंक प्रसाद रिमाल ,असोज ६ अछाम : मानब अधिकार तथा शान्ति समाज अछाम शाखा को १९ औं  बार्षिक साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ ।

मानब अधिकार तथा शान्ति समाज अछाम शाखा अध्यक्ष जय बहादुर बोगटीको अध्यक्षातामा भएको सभाको प्रमुख अतिथिको आसन बाट बोल्दै अछाम क्षेत्र नम्बर २ का संघिय सांसद एवम नेपाली कांग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन नसक्ने बताउनुभयो ।

उहाँले मानव अधिकार बोल्न नसक्ने र बोल्न सक्ने सवैलाई आवश्यक भएको बताउनुभयो । मानव अधिकार बिना कुनै पनि व्यक्तिका अधिकार सुरक्षित हुदैन तसर्थ अधिकार र कर्तव्यहरुलाई सहि रुपमा निर्वाह गर्न मानव अधिकारको महत्त्वपूर्ण भुमिका हुने शाहले बताउनुभयो ।

अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले विशिष्ट अतिथीको आसन बाट बोल्दै पछिल्लो समयमा देशमा जताततै वेथिति मैलाउदा दण्डहिनताको अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन ।

सभाको प्रमुख बक्ताको रुपमा रहेका मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब भक्त बहादुर बि.क ले राष्ट्रमा शान्ति, अहिसा, सदभाव र सहिष्णुताको अवस्थाले देशको बास्तबिकता झल्काउने बताउनु भयो । मानव अधिकार बिना कुनै पनि व्यक्तिका अधिकार सुरक्षित नहुने बताउनु भयो ।

“मानब अधिकार,शान्ति लोकतन्त्र ,अहिंसा,सदभाब,सहिष्णुता जगत मुखी जीवन सुखी र सेवामुखिको” मुल मन्त्र बोकेको शान्ति समाजले यस वर्ष “मानब अधिकार देखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” भन्ने नाराका साथ आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेकोमा नेपाली कांग्रेस महासमिति सदस्य पदम राज अधिकारी सचिब टक्कर शाह, पूर्ब अध्यक्ष मदन बहादुर कुँवर लगायतले धन्यवाद ज्ञापन गर्नु भयो। देश भरका ३९ शाखाहरु मध्ये २०६१ चैत मा गठन भएको अछाम शाखा सक्रिय शाखा रहेको बताउदै अध्यक्ष बोगटीले सभाको समापन गर्दै राष्टिय तथा अन्तराष्ट्रिय दिवसहरु लगायत मानब अधिकार तथा शान्ति सम्बन्धि मुद्धाका बिभिन्न कार्यक्रमहरु अछाम शाखाले सक्रियता पूर्बक गर्दै आइरहेको बताउनु भयो। अछाम शाखाका आजीवन सदस्य मनकला न्यौपाने ले स्वागत मन्तव्य राखेको सभाको शाखाका सचिव डम्बर बोगटीले संचालन गरेका थिए ।

Leave a Reply