संविधान दिवसको अवसरमा मंगलसेन बजारमा सरसफाइ

संविधान दिवसको अवसरमा मंगलसेन बजारमा सरसफाइ

मंगलसेन बजारमा सरसफाइ कार्यक्रम गरिएको छ ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवर,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको नेतृत्वमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयको सहभागीतामा जिल्ला सदरमुकाम मंगलसेन बजार ,दरबार क्षेत्र र मठ मन्दिर सरसफाइ गरिएको हो  । त्यस्तै जिल्लास्थित विभिन्न सरकारी कार्यालय हरुरुले पनि आफ्नो कार्यालय परिसर हरुमा सरसफाइका कार्यक्रम गरेका छन् ।

जिल्ला समन्वय समिती अछामको आयोजनामा
असोज ३ गते दरबार स्थित खुल्ला मंचबाट प्रभातफेरि सुरु गरेर अछाम क्याम्पसको हलमा अन्तरक्रिया कार्यक्रम गर्ने ,असोज ४ गते जिल्ला अस्पताल अछाममा फलफुल बितरण,रक्तदान कार्यक्रम लगायत विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने कार्यतालिका रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *