प्रमुख प्रशासकीय अधिकृत पौडेलको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पौडेलको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत
बाबुराम पौडेलको बिदाइ तथा फेरि भेटौला  कार्यक्रम सम्पन्न भएको छ।

कर्मचारी संगम केन्द्र अछामका अध्यक्ष झनकराज ढुंगानाको अध्यक्षतामा  भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल रहनु भएको थियो । प्रमुख अतिथि पोखरेलले कर्मचारीहरूले आफ्नो क्षमता र योग्यताअनुसारको काम निःस्वार्थ र इमानदारीपूर्वक गर्न आवश्यक भएको बताउँदै यो नै एक असल र इमानदार कर्मचारीको विशेषता भएको बताए । अछाम बसाइको क्रममा मंगलसेन नगरबासीलाई सहज रूपमा गरेको सेवा प्रवाहको निम्ति धन्यवाद समेत व्यक्त गरे । साथै उहाँले प्रमुख प्रशासकीय अधिकृत पौडेलको आगामी कार्य क्षेत्रको सफलताको शुभकामना समेत दिए।

कार्यक्रममा बोल्दै  प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले आफ्नो छोटो समयमा पनि मंगलसेन नगरपालिका जनप्रतिनिधि संग आफुलै सधै सकारात्मक सुझाव सहित कुनै दबाब बिना जनताको काम गर्ने अवसर आफुलाई मिलेकोले  मंगलसेन नगरपालिका लाई आफुले सधै सम्झने बताए ।

कर्मचारीको सरुवा बढुवा चलिरहने प्रक्रिया भएकोले अछाम बाट अर्घाखाँची जिल्लाको कार्यक्षेत्रमा जान लागेको बताउदै आफुलाई यो अवधिमा सहयोग गर्नुहुने  जनप्रतिनिधि, कर्मचारी ,विभिन्न संघ संस्था, सञ्चारकर्मीलाई धन्यवाद समेत व्यक्त गरे

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे  लगायत विभिन्न कार्यालयका कर्मचारी , जिल्लास्थित सञ्चारकर्मी  हरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संचालन कर्मचारी संगम केन्द्र अछामका सचिव जिबराज उपाध्यायले गर्नुभएको थियो ।

Leave a Reply