बढ्दो लागु औषध दुर्व्यशनिले अछाम जिल्लाको शान्ति सुरक्षामा चुनौती

बढ्दो लागु औषध दुर्व्यशनिले अछाम जिल्लाको शान्ति सुरक्षामा चुनौती

लागु औषधले अछाम जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउदै आएको सरोकारवालाले बताएका छन् ।

जिल्लाको साफेबगर नगरपालिकामा जिल्ला सुरक्षा समिती र सरोकारवाला बीच भएको अन्तरक्रिया कार्यक्रममा मदिरा,लागु औषधले शान्ति सुरक्षामा असर पुराएको भन्दै नगरबासीले यसलाई प्रहरी मार्फत कडाइका साथ नियमन गर्नुपर्ने बताएका हुन् । जिल्लाको प्रमुख ब्यापारी केन्द्र रहेकोे साँफेबगरमा लागु औषधको प्रकोप बढ्दै गइरहेको एयरपोर्ट बजार ब्यवस्थापन समितीका अध्यक्ष राम बहादुर कुवँरले बताए । युवा पुस्ता लागु औषध दुर्वशनिमा फसेका र त्यो जालो बाट युवाहरूलाई उम्काउन निकै सकस परेकोले समयमै सबैले आआफ्न ठाँउ बाट नियन्त्रण गर्न लाग्न जरुरी रहेको बताए । लागु औषध तथा हिंसात्मक गतिविधि न्यूनीकरण गर्नका लागी नगरपलिकाले टोलस्तर बाटै समिति बनाएर सचेतता मुलक क्रियाकलाप संचालन गरिरहेको नगर प्रमुख राजेन्द्र बहादुर कुवरले बताए ।

त्यस्तै उनले नेपाल प्रहरी संगको साझेदारीमा बिधालय स्तरमा विद्यार्थी ,अभिभावक ,प्रहरी र सरोकारवाला बीच अन्तरक्रिया तथा सचेततामुलक कार्यक्रम संचालनका लागी नगरपालिकाले बजेट समेत बिनियोजन गरिसकेकाले अब लगत्तै बिधालय स्तरमा कार्यक्रम संचालन गरिने बताए ।  जिल्लामा लागु औषध सेवनले सेवनगर्ने ब्याक्ती संगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । त्यस्तै उहाँले छाउपडी,बालबिवाह लगायतका कु(प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताए । जिल्लामा संचालित औषधि पसल हरुमा अनुगमनको कार्यलाई तिब्र रुपमा अगाडि बढाउन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय हरु सक्रियताका साथ लाग्नुपर्ने बताए ।

जिल्लाका औषध ब्यवसायी हरुले अबैधानिक रूपमा लागू औषधको बिक्रीवितरण गर्ने पाइएकोले औषधि व्यवसायी माथि अनुसन्धानको

पाटो अगाडि बढाउनुपर्ने जिल्ला समन्वय समिति अछामका प्रमुख ललीत बहादुर कुवँरले बताए । युवा पुस्ता लागु औषध दुव्र्यशनिमा फसेको कुरा  गम्भीर विषय बनेको बताए । साथै उहाँले नैतिक शिक्षाको अभावले पनि यस्ता खालका घटनामा वृद्धि भएकोले आफ्ना बालबालिकालाई नैतिकवान बनाउने तर्फ अभिभावकल लाग्नुपर्ने बताए ।

प्रहरी र नागरिकको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए । कुनै पनि घटना हुनुपुर्ब र भैहाले पछि पनि प्रहरीलाई तत्काल खबर गर्न सके त्यसबाट हुने जोखिम तथा क्षतिलाई कम गर्न सकिने बताए ।  नागरिकको सुरक्षामा आफुहरु प्रतिबद्ध रहेको भन्दै समयमै सुचना दिएर सघाउन आग्रह गरे । साथै उनले आर्थिक वर्ष २०७९।०८० देखी हालसम्म लागु औषध सम्बन्धी ५ वटा मुद्धा दर्ता भएका भएको बताए । लागु औषधको ५ मुद्धामा १२ जना पक्राउ परेकाछन भने १ जना फरार सुचिमा रहेका उनले बताए।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगाना लगायत सरोकारवालाको उपस्थिति रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *