भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

काठमाडौँ — भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *