टिम नेपोको नयाँ केन्द्रीय कार्यसमिती चयन, जनस्वास्थ्यकर्मी बिष्ट बने सह-सचिव

टिम नेपोको नयाँ केन्द्रीय  कार्यसमिती चयन, जनस्वास्थ्यकर्मी बिष्ट बने सह-सचिव

गैरनाफामुलक सामाजिक तथा युवा संस्था टिम नेपोको नयाँ केन्द्रिय कार्यसमिती चयन भएको छ । लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको बार्षिक साधारण सभाबाट केन्द्रिय सह-सचिवमा बैतडीका अमृत बिष्ट निर्बिरोध निर्वाचित भएका छन।
यसअघि संस्थाको बैतडी जिल्ला संयोजक एवम प्रदेश संयोजकको समेत जिम्मेवारी सम्हालिसकेका बिष्ट पेशाले जनस्वास्थ्यकर्मी हुन। कोभिड-१९ को विषम परिस्थितिमा जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका बिष्टले थुप्रै समाजिक कामहरु गरेका थिए। नवनिर्वाचित सह- सचिव बिष्टकै पहलमा कोभिड-१९ को बिकराल अवस्थामा गृह पालिका सुर्नयामा अक्सिजन कन्सेन्ट्रेटर, मास्क ( सर्जिकल र एन95), गाउन, स्यानिटाइजर उपलब्ध गराउन सफल भएका थिए। यो सङ्गै जिल्ला स्तरमै बृक्षारोपण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम, कोभिडसम्बन्धि विभिन्न प्रकारमा सचेतना कार्यक्रम सन्चालन गरेका थिए। संस्थाको हालै सम्पन्न साधारण सभाबाट जिल्ला संयोजकको रुपमा देशभरी नै उत्कृष्ट कार्य गरेकोमा बिष्ट ” टिम नेपो राइजीङ स्टार” अवार्डबाट सम्मानित भएका थिए।
संस्थाको केन्द्रिय अध्यक्षमा डा. निगम पौडेल, उपाध्यक्षमा प्रदिप गिरी, सचिव सरिना सुवेदी, कोषाध्यक्ष नबिन खनाल, सदस्यमा माधवी गैरे र प्रबेश पण्डित निर्बिरोध निर्वाचित भएका छन।
टिम नेपोले युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र वातावरणिय सुरक्षालाइ मुख्यतया आफ्नो कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। केहि बर्ष अगाडी देखि टिम नेपोले “पुस्तक परियोजना” नामक देशब्यापी अभियान संचालनमा ल्याएको थियो। कारागारमा पुस्तकालय स्थापना गर्ने उदेश्य बोकेको उक्त परियोजना अनुसार अर्घाखाँची, स्याङ्जा, तनहुँ , चितवन, लम्जुङ, दाङ ,अछाम लगायतका जिल्लामा कारागार पुस्तकालय स्थापना गरिसकेको छ भने देशभरि कारागार पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *