अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु

अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु

अछाम:अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ।

बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीले टोकेको थियो । माहुरीले टोकेर गम्भीर भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *