नेविसंघ विवाद बढ्दै : प्रहरी लगाएर बिथोलियो समानान्तर समिति घोषणा

नेविसंघ विवाद बढ्दै : प्रहरी लगाएर बिथोलियो समानान्तर समिति घोषणा

नेविसंघभित्रको विवाद चर्किँदै गएको छ । असन्तुष्ट पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालयबाट नेविसंघको समानान्तर समिति घोषणा गर्न गरेको तयारी संस्थापन पक्षले प्रहरी लगाएर बिथोले पनि विवाद साम्य भएको छैन ।

र योगदान गरेकालाई पाखा लगाएर तदर्थ समिति घोषणा गरिएको भन्दै असन्तुष्ट समूहले बुधबार समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको थियो । तर, यसको जानकारी पाएको संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय प्रवेशमै रोक लगायो ।

लगायो । बुधबार सयौँको संख्यामा विद्यार्थी नेता सानेपा पुगेका थिए । २ बजे भेलाको कार्यक्रम राखिएपछि प्रहरीले उनीहरूलाई पार्टी कार्यालय प्रवेश गर्न दिएनन् । सानेपामा कार्यसमिति घोषणाको पक्ष र विपक्षमा रहेका समूह आमनेसामने बनेका थिए । केही समय तनावको अवस्था सिर्जना भएको थियो । यससँगै घोषणा कार्यक्रम बिथोलिएको हो ।

विद्यार्थी नेता विनोद शाही ठकुरीले समानान्तर कमिटी घोषणाको तयारी पूरा भए पनि पार्टी कार्यालयमा प्रवेशमा रोक लगाएकाले समिति घोषणा हुन नसकेको बताए । उनले पत्रकार सम्मेलन गरेर छिट्टै समिति घोषणा गरिने बताए ।

सभापति र पदाधिकारीको घर घेर्ने चेतावनी
कार्यक्रम बिथोलिएपछि असन्तुष्ट विद्यार्थी नेताले कोणसभा गरेर पार्टी सभापतिसहित पदाधिकारीको निवास घेराउ गर्ने चेतावनी दिए । कोणसभालाई सम्बोधन गर्दै त्रिविका पूर्वस्ववियु सभापति योगेन्द्र रावलले समानान्तर समति घोषणा रोकिएको विरोधमा बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिने बताए । ‘हाम्रा महामन्त्रीका दैलो पनि देखेका छौँ, बिहीबार सभापतिज्यूको घर घेर्न जाँदै छौँ । नेविसंघ आफूनिकटकालाई व्यवस्थापन गर्ने संस्था होइन । हामी यो स्वीकार गर्दैनौँ र अब देशभरबाट साथीहरू बोलाउँछौँ, विरोधलाई अझ सशक्त बनाउँछौँ,’ उनले भने । नेविसंघको विधानमा एक सय ५१ सदस्यीय समितिको व्यवस्था गरिएको छ । तर, सोमबार पार्टी सभापति देउवाले सात सय १० सदस्यीय तदर्थ समिति घोषणा गरेका थिए । यससँगै शेखर–गगन समूह र सिटौला समूह असन्तुष्ट बनेको छ । दुवै समूहले आफूहरूले पठाएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएर आफूखुसी समिति

घोषणा गरेको आरोप लगाएका छन् ।असन्तुष्ट सिटौला समूहले छलफलबाटै समाधान हुने विश्वास लिएको छ । नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्लेले मंगलबार सभापति देउवासँगको भेटबाट पाएको आश्वासनअनुसार छलफलपछि समस्या समाधान हुने आशा व्यक्त गरे । ‘मंगलबार सभापतिलाई भेटेर असन्तुष्टि राखेका हौँ । सभापतिले भेटमा समस्याको समाधान छलफलबाटै हुन्छ भन्नुभएको छ । हामी त्यसमा आश्वस्त छौँ,’  काफ्लेले भने । अध्यक्ष दुजाङ शेर्पाले विशेष परिस्थितिमा समितिले पूर्णता पाएको भन्दै विधानविपरीतका गतिविधि नगर्न आग्रह गरेका छन् । उनले छुटेका नेताहरूलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् भने गतिविधि गरे कारबाहीको चेतावनी पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *