मंगलसेन नगरपालिका द्वारा वडा वडामा घुम्ती सेवा शिविर सञ्चालन

मंगलसेन नगरपालिका द्वारा वडा वडामा घुम्ती सेवा शिविर  सञ्चालन

सुशील भण्डारी ,साउन २२ अछाम :अछामको मंगलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घर दैलोमै नगरको सेवा प्रवाह गरेको छ । नगरपालिकाका शाखाहरूबाट प्रवाह हुने सेवाहरू जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी वडा कार्यालयबाट नगरको सम्पूर्ण सेवाहरू प्रवाह गरेको हो । जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो । नगरपालिकाले साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुवात गरेको थियोे  । हालसम्म ११ वटा वडा हरुमा घुम्ती शिविर सम्पन्न भएको र बाकी रहेका ३ वटा वडा नम्बर ३,४,र ५ मा पनि लगत्तै घुम्ती शिविर संचालन हुने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । शिविरमा वडा कार्यालयमा नगरपालिकाका सबै शाखाहरूबाट हुने काम कारबाही वडाबाट प्रवाह गरेको हो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । सामाजिक सुरक्षा लाभग्राहिहरुको हालसम्म नविकरण
अन्तर्गत  ६८ वर्ष बढी उमेर पुगेका नागरिक १३५७ जना,जेष्ठ दलित – २८३ जना,जेष्ठ एकल – १६० जना,विधवा – ४०१ जना,पूर्ण अपांग (क) वर्ग  – ८ जना,(ख) बर्ग अपांग – ३७ जना,बालबालिका क्षेत्र तोकिएका – ९३६ जना बालबालिका दलित– ३७३ जना गरि जम्मा ३५५५ जनाले नबिकरण गरेका छन् भने  ९१ जना नयाँ दर्ता भएका छन् । गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही संख्या – ५ हजार ९सय ८४ जना कायम भएको एमआइस अपरेटर होम बहादुर साउदले बताउनुभयो । त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वटा  वडामा १ हजार १ सय ७ जनाले गरेकाछन ।  जसमा २ लाख ३७ हजार ७ सय ८४ राजश्व संकलन गरिएको छ । आम मंगलसैन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघी सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफुले आफ्नो घर आगनमै सेवा पाउँदा खुशी महुशुस भएको मंगलसेन नगरपालिका वडा नम्बर ६ का गंगाराम भण्डारीले बताउनुभयो । नगरपालिकाले संचालन गरेको घुम्ती सेवा शिविरले नगरपालिका बाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा,डाँडीगडे,कालागाँका नागरिकहरुले गाउँमै सेवा पाएपछि उनिहरु खुशी भएकाछन ।

S

Leave a Reply

Your email address will not be published. Required fields are marked *