इन्टरनेटमार्फत अन्तर्राष्ट्रिय बजारमा हेर्दा चिनियाँले प्रयोग गरेको जस्तै मेसिन भारतमा पनि बनेको र बिक्री वितरण भइरहेको पाइएको छ ।
सुन तथा चाँदी मेल्टिङ मेसिनका रुपमा बजारमा पाइने यस्तो मेसिनको मूल्य नेपाली ४ लाख रुपैयाँ बराबर फ्याक्ट्री मूल्य रहेको पाइएको छ । यी मेसिनले एक पटकमा २ देखि ८ किलोसम्म सुन गाल्न सकिने त्यसका बिक्रेताहरुको जनाएका छन् । यदी चिनियाँ मेल्टिङ मेसिनर्लाइ पनि यसै हाराहारी मान्दा चिनियाँ तस्करको गोदामबाट बरामद भएको ४ वटा मेसिनको अनुमानित अधिकतम क्षमता ३२ किलो प्रतिपटक हुने देखिन्छ । यद्यपि ति मेसिनको क्षमता परीक्षण भने बाँकी नै रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
सोह्रखुट्टेमा बरामद भएको मेसिन विभागले जफत गरेर कार्यालयमा ल्याइसकेको छ भने टोखाको सुन गाल्ने फ्याक्ट्रीमा भएको मेसिन त्यहाँ नै सिलबन्दी गरिएको छ । तस्करहरुबाट बरामद भएको मेसिनहरु सुन गाल्नकै लागि प्रयोग हुन्छ वा हुन्न भन्नेबारे भने विभागले केही प्रतिक्रिया राष्ट्र बैंकको टक्सार विभागलाई दिइसकेको छैन ।