नेविसंघ अछामद्वारा वि•पि कोइरालाको स्मृति दिवसको उपलक्ष्यमा वृक्षारोपण सहित अन्तरक्रिया कार्यक्रम

नेविसंघ अछामद्वारा वि•पि कोइरालाको स्मृति दिवसको उपलक्ष्यमा वृक्षारोपण सहित अन्तरक्रिया कार्यक्रम

नेपाल विद्यार्थी संघ  अछामको आयोजनामा वृक्षारोपण गरिएको छ । जननायक स्वर्गीय  वि • पि कोइरालाको ४१ औं  स्मृति दिवस को उपलक्ष्यमा नेपाली काङ्ग्रेस पार्टी कार्यालय  परिसरमा  वृक्षारोपण गरिएको हो । नेपाल विद्यार्थी संघले वृक्षारोपण पश्चात् अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

नेपाल विद्यार्थी संघ अछामका सचिव राम प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाराम बजगाइ रहनु भएको थियो । कार्यक्रममा बोल्दै बजगाइले बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसलेआत्मसात गरे मात्र बीपीप्रति सच्चा सम्मान हुने बताउनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै महासमिति सदस्य पदमराज अधिकारीले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय रहेकोे बताउनु भयो ।

 

आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुने उनले बताउनुभयो । बिपी कोइराला नेपाली काङ्ग्रेसको मात्र नभएर मुलुकको नेता भएको समेत उहाँको भनाइ छ ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि  पुर्णा शाह, पार्टी प्रबक्ता पदम शाह,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश ख का उपसभापति रामचन्द्र ढुंगाना ,तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट ,प्रदेश प्रतिनिधि अमृता उपाध्याय, नेपाल प्रेस युनियन अछामका निवर्तमान अध्यक्ष टंक रिमाल,काङ्ग्रेस नेता नेत्र थापा नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पहल थापा लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका नेता गणेश अधिकारीले गर्नुभएको थियो । त्यस्तै नेपाल विद्यार्थी संघ अछामले मंगलसेन  नगरपालिका  वडा नम्बर  ६ निवासी  उज्जली भण्डारीको बाटो मा हिडिरहेको अवस्थामा माथी बाट ढुङ्गा खस्दा मेरुदण्डको हड्डी भाचिएको र आर्थिक अवस्था निकै नाजुक भएकोले उनको उपचारको लागी ४ हजार ६ सय आर्थिक सहयोग समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *