अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा परियोजना शुभारम्भ गोष्ठी सम्पन्न

अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा परियोजना शुभारम्भ गोष्ठी सम्पन्न

साउन ५,अछाम : प्रारम्भिक बाल्यावस्थाका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूको विकास तथा शिक्षामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक युनिसेफ नेपालको आर्थिक सहयोग तथा ह्यान्डिक्याप इन्टरनेशनलर सेतो गुराँस राष्ट्रिय बाल बिकास सेवाद्वारा मानव स्रोत विकास केन्द्रको सहकार्यमा अछामको मंगलसेन रौतहटको चन्द्रपुर र काठमाडौंको कीर्तिपुर नगरपालिकामा अपाङ्गता समावेशी बालबिकास तथा शिक्षा परियोजना आगामी २ बर्ष सम्म लागू हुने भएको छ । सो परियोजनाको परियोजना शुभारम्भ गोष्ठी  मंगलसेन नगरपालिकामा राष्ट्रिय बाल बिकास सेवा केन्द्र अछामका अध्यक्ष नविन्द्रराज जोशी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम वहादुर बोहराको रहनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख संगिता रावल सोडारी ,जिल्ला समन्वय समिति सदस्य पुर्ण रावल , मंगलसेन नगरपालिका  निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सोडारी,  १४ वटै वडाका वडाध्य ज्यूहरु, नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु तथा ह्यान्डिक्याप इन्टरनेसनलका परियोजना ब्यवस्थापक पदम महर लगायत सरोकारवालाहरुको उपस्थितमा रहेको थियो ।

परियोजना शुभारम्भ गोष्ठीको उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख पदम वहादुर बोहराले पानसमा बत्ती बालेर गर्नुभएको थियो भने कार्यक्रममा  स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख जगत वहादुर रावलले राख्नु भएको थियो ।

परियोजना व्यवस्थापक पदम महरले परियोजनाले प्रारम्भिक बालविकास लाई  समावेशी तथा अपाङ्ग मैत्री बनाउन परियोजनाले समावेशी शिक्षाको मूल मर्म अनुसार कार्यगत सीमितता समयमै पहिचानका लागि प्रारम्भिक पहिचान, आवश्यकताअनुसार साहायक सामग्री सहयोग,  समावेशी सिकाइका विभिन्न सिकाइ नमुनाहरु कार्यान्वयन का लागि शिक्षक तालिम तथा घुम्ती शिक्षकको सहयोग तथा प्राविधिक सहयोग, परिवार, समुदाय, विद्यालय र  स्थानीय निकायलाई समावेशी शिक्षा नीति निर्माण तथा कार्यान्वयनमा परियोजनाले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित वडा न.१२ का वडाध्यक्ष खकेन्द्र रावलले कार्यक्रमलाई वडामा लागु गर्न वडाले आवशयक सबै सहयोग गर्ने प्रतिवध्दता ब्यक्त गर्नु भएको थियो भने उपस्थिति विभिन्न सरोकारहरुले परियोजनाले वास्तवमैबालबालिकाहरुमा शिक्षाको सुरुवाति चरणबाटै समावेशी संस्कृति विकास गर्ने विचार व्यक्त गर्नुभयो त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुखले हाम्रा प्रारम्भिक बालविकास केन्द्रको सुदृढिकरणमा नगरपालिका लागि परेको र यो परियोजनाले सो कुरामा सहयोग पुर्याउने विचारब्यक्त गर्नुभयो, साथै उहाँले वालबालिकामा संस्कार तथा सीपको विकास प्रारम्भिक  तह बाटै हुनेपर्ने मा जोड  दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *