सेती राजमार्गलाई यस पटकको बजेटमा समेत उपेक्षा :दक्षिणी उत्तरी खण्डका लागी ३० करोड मात्रै बजेट

सेती राजमार्गलाई यस पटकको बजेटमा समेत उपेक्षा :दक्षिणी उत्तरी खण्डका लागी ३० करोड मात्रै बजेट

अछाम:सेती राजमार्गलाई यस पटकको बजेटले समेत उपेक्षा गरेको छ । अर्थमन्त्री प्रकाश शरण महतले संसदमा आर्थीक बर्ष २०८० ८१ को बजेट प्रस्तुत गदै सेती राजमार्गको दक्षीण र उत्तरी खण्ड निमार्णका लागी ३० करोड बजेट मात्रै बिनीयोजन गरेका हुन। गर्त बर्ष एकै खण्डका लागी ३० करोड बजेट बिनीयोजन भएको थियो । २०७२  सालमा सुरु भएको राजमार्गको दक्षिणी खण्डका लागी २ ट्र्याक खोल्न २ अर्ब बढी रकम आवश्यक रहेको छ ।

कैलालीको टीकापुर, डोटी अछामको साँफेबगर,बाजुरा र बझाङको चैनपुर ताक्लाकोट सम्म ३ सय ५९ कीलोमीटर सडक एक दशक सम्म १ सय २५ कीलोमीटर मात्रै ट्याक खोलीएको छ । राजमार्गको काम गर्न २ खण्डमा कार्यालय स्थापना गरिएका छन । दक्षिणी खण्डको २ सय ४२ किलोमिटर सडकको लागी अछामको साँफेबगर र उत्तरी क्षेत्रको १ सय १७ किलोमिटरको लागी बझाङको चैनपुरमा कार्यलय स्थापना गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *