नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्ने बताएका छन् ।

गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, “नक्कली शरणार्थी बनाएर अमेरिका लैजान गरिएको कामले अन्तर्राष्ट्रियस्तरमै देशको बदनामी भएको छ । यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।”

नक्कली शरणार्थी प्रकरण लज्जास्पद विषय भएको भन्दै उनले प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको र यसलाई अझ तदारुकता दिनुपर्ने बताए । दोषीलाई कारबाही हुनुपर्ने र गलत कामको उचित छानबिन हुनपर्ने पक्षमा आफू रहेको कोइरालाले सुनाए ।

नेता कोइरालाले कांग्रेसभित्र महामन्त्री गगन थापाले व्यक्त गरेको असन्तुष्टि सभापति शेरबहादुर देउवाप्रति लक्षित भएको हुनसक्ने भन्दै मन्त्री बनेकाहरु सरसल्लाह र कांग्रेसबाटै भएको जिकिर गरे ।

सरसल्लाहमा नै मन्त्री बन्नुभएको हो । महामन्त्रीद्वयको अरु असन्तुष्टिबारे मलाई भन्दा उहाँहरुलाई नै प्रश्न गर्दा राम्रो हुन्छ,” कोइरालाले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *