पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नै निवासबाट पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नै निवासबाट पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरी उच्च श्रोतका अनुसार उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खाणलाई पक्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ ।

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन् । सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *