जनताले अनुभुति गर्नेगरी योजनामा काम गर्छु : शाह

जनताले अनुभुति गर्नेगरी योजनामा काम गर्छु : शाह

अछाम । नेपाली  कांग्रेस मंगलसैन नगरपालिका वडा न १३ को वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान, कार्यकर्ता  भेटघाट कार्यक्रम तथा चियापान कार्यक्रम समपन्न भएको छ ।

जिल्ला कार्यसमिति अछामको सँगठन सुद्धिढिकरण अभियान अन्र्तगत वडा भेला सम्पन्न भएको हो । वडा कार्यसमितिका सभापति हिक्मत बहादुर बोगटीको सभापतित्वमा भएको वडा भेलामा कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति प्रतिनिधि सभा सदस्य  माननीय पुष्प बहादुर शाह प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि शाहले अछाम र अछामि जनताको सेवामा आफू सेवक भएर काम गर्ने बताउनु भएको छ । अछाम जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय जनताले अनुभूति प्राप्त हुनेगरी समग्र विकासमा लाग्ने बताए ।

मंगलसैन बस्ती  लोडे बेनि सेती लोकमार्ग सड्क निर्माण र चाईरा खोलामा रहेको खेतियोग्य जमिनको संरक्षण, बाढी नियन्त्रण गर्ने योजना सुनाए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश २ ख का प्रदेश माननीय मानबहादुर रावलले आफ्नो  प्रदेश सभा निर्वाचन क्षेत्रको समग्र विकासका लागि र जिल्लाको जल्दाबल्दा समस्या समाधानका लागि प्रदेश सरकारमा जोडदारका साथ आवाज उठाउने बताए ।

कार्यक्रमका अर्का विशिष्ट  अतिथि नेपाली कांग्रेसका उपसभापति नयाँ राम बजगाईले सब‌ै तहका नेता कार्यक्रताले जनताको समस्याको समाधानसहित जनचाहान अनुरुप काम गर्नु पर्ने बताए छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनक भण्डारीले संगठन निर्माण र सुदृढीकरणका लागी पाटि सम्ब्ध सबै तहका नेता कार्यक्रता एजुट भएर लाग्न अनुरोध गर्दै नेता कार्यकर्ता सबैले आफ्नो जिम्मेवारी वहन गरी पार्टी चलायमान बनाउन हुन सबैलाई अनुरोध गरे ।

संयोजक भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै कसैको धाक धम्की  र प्रलोभनमा नपरी पाटिको संगठन निर्माणमा लाग्न हुन अनुरोध गर्दै गुटको राजनीति गर्न नहुनेमा जोड दिए । युवाहरुले गुटलाई प्रबद्र्धन गर्ने गतिविधि गर्न नहुने उनको भनाई छ ।

कार्यक्रमा जिल्ला कार्य सिमिति सदस्य टंक थापा, यूवा नेता विनोद थापा, तरुणदलका जिल्ला अध्यक्ष रमेश विष्ट जंगिजनार्दन लगातका नेता हरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताकार्यकर्ता को उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *