ओलीका अर्का भित्रिया पनि ठगीकाण्डमा मुछिए, प्रमुख आयुक्तबाट राजीनामा दिने

ओलीका अर्का भित्रिया पनि ठगीकाण्डमा मुछिए, प्रमुख आयुक्तबाट राजीनामा दिने

काठमाडौं – अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई पनि नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् ।

नेपाल आयल निगमको आठ करोड भ्रष्टाचार प्रकरणमा राईलाई मुद्दा नै नचलाई अख्तियारले तामेलीमा राखेको थियो ।

पछि तिनै राईलाई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाइएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा आफ्नो पनि नाम मुछिएपछि अहिले उनी तनावमा परेका छन् । गृह सचिव भएका बेला राईले धेरै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको खुलेको छ ।

पक्राउ परेका पाँचजनाले भने पूर्वगृहसचिवसमेत रहेका अख्तियार प्रमुख राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी नैनाकला थापाको समेत नाम लिएका छन्।

बयानमा उनीहरुको नाम पोलिएको भए पनि प्रहरीले अहिलेसम्म उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गराइसकेको छैन। ‘बयानमा उहाँहरुको नाम पोलिएको छ। तर थप पुष्टि हुने आधार हेर्दैछौं।

ज–जसको पुष्टि हुने आधार देखिएको छ, उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थप पुष्टि भए अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिन्छौं र कारबाहीको दायरामा ल्याउँछौं,’ एक अनुसन्धान अधिकृतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *