मुस्लिम संघ अछामको चौथो जिल्ला अधिबेशन सम्पन्न

मुस्लिम संघ अछामको चौथो जिल्ला अधिबेशन सम्पन्न

निराकरण खबर :मुस्लिम संघको चौथो जिल्ला अधिबेशन साँफेबगर नगरपालिका ८ चण्डिका बयालपाटा मियापुरमा सम्पन्न भएको छ।

मुस्लिम संघ अछामका कार्यबाहक जिल्ला सभापति नजिर मियाको सभापत्विमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री एवंम प्रदेश माननीय
मेघराज खड्काको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पुर्व जिल्ला कार्यसमिति सभापति नैनसिह केसी
विशिस्ट अतिथि रहेका थिए ।

क्षेत्रीय सदस्य पदम कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अर्जुन ताम्राकार , क्षेत्रीय सभापति कृष्ण बुढा, महाधिवेशन प्रतिनिधि अक्रामुल शेख,जिल्ला सदस्य सुरत कुवर , साफेबगर नगर सभापति लाल बहादुर कुवर प्रदेश प्रतिनिधि सुशील कुवरले शुभकामना मन्तव्य राखेका थिए ।

अधिबेशनबाट नयाँ कार्यसमिति गठन भएको छ।सभापतिमा नजिर मिया , उपाध्यक्षमा आशा मिया सचीव फिरोज मिया, कोषाध्यक्षमा नाज्मा मिया सहसचिबमा निसार मिया र निसा लगायत १७ जनाको नयाँ कार्यसमिति चयन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *