सांसद शाह द्वारा अछामका ठुला विकास निर्माणका आयोजना अघि बढाउन सरकारको ध्यानाकर्षण

सांसद शाह द्वारा अछामका ठुला विकास निर्माणका आयोजना अघि बढाउन सरकारको ध्यानाकर्षण

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद  पुष्प बहादुर शाहले अछाम जिल्लाका ठुला विकास निर्माणका आयोजनाको बिषयमा सरकारको ध्यानाकर्षण गराएकाछन ।

शुक्रबार सदनमा बोल्दै सांसद शाहले चिसापानी,जंगलघाट,अछाम र बडिमालिका बाजुरा जोड्ने सडक, र पक्की पुल यथाशीघ्र निर्माण हुनुपर्ने ,लामो समय देखी अलपत्र परेको अपरकर्णाली हाइड्रो पावर,डुंगेश्वर, रहफ,भुलु,भैरवस्थान, रानीवन, खुलालू कालिकोट र हिल्सा जोड्ने सडक र तल्लो डुंगेश्वर-रहफ मा पक्की पुल निर्माण हुनुपर्ने र भारत खक्रौला-हिल्सा चिन त्रिदेशीय रणनितीक महत्वको सडक निर्माणका लागी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उक्त आयोजना हरु अछामी जनताको जनजिविका , आर्थिक उन्नति र अछाम सहित छिमेकी जिल्ला हरुको विकास संग जोडिएकोले आगामी आर्थिक वर्ष २०८० / ०८१ मा ती आयोजना हरुमा उचित बजेट बिनियोजन गरि निर्माण कार्य अघि बढाइनु पर्ने बताए ।

सांसद शाहले बेला बेलामा अछाम जिल्लाका समस्या हरुलाइ समाधानका निम्ति सदन मार्फत सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *